बैतडीको भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा
सारांश
- बैतडीको सुर्नया गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ।
- गर्भवती महिलाका लागि यो सेवा निःशुल्क हुनेछ र यसले आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी दिनेछ।
- गाउँपालिकाले मातृ र शिशु मृत्युदर घटाउन अभियान चलाइरहेको छ, जसले जटिलता पहिचान गर्न मद्दत गर्नेछ।
बैतडी । सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ । गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराएको थियो ।
स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहेकी छिन् । यसअघि शिविर सञ्चालन भएका बेलामात्रै गर्भवतीको अल्ट्रासाउण्ड हुने गरेकामा अब नियमित रूपमा सेवा सञ्चालन हुने बताइएको छ ।
स्वास्थ्य शिविरमार्फत गर्भवतीलाई अल्ट्रासाउण्ड मार्फत् सेवा गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु महरा बोहराले बताइन् । अल्ट्रासाउण्ड मार्फत नवजात शिशु र आमा दुवैको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हुनेछ ।
उनले भनिन्, “गाउँपालिकामा मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्न अभियान सञ्चालन गरिरहेका छौँ । साथै गर्भावस्थामा कुनै जटिलता भएमा समयमै पत्ता लाग्ने र यसले आमा र शिशु दुवैको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
-
प्रधानमन्त्रीको पत्र परराष्ट्रमन्त्रीले पढ्ने विपक्षीको प्रस्ताव रास्वपाले मानेन
-
मोबाइल फोन हेर्दा मोतीबिन्दु हुन्छ ?
-
पूर्वपत्नी जेसियासँगको डिभोर्सबारे अर्जुन रामपालको भावुक खुलासा
-
९ महिनापछि ओलीको राजीनामा राजपत्रमा
-
बालेन सरकारका मन्त्री : दीपकमाथि डन्डा, सुधनलाई पुरस्कार, केही त्रासमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण