सिरहामा प्रथम धनगढीमाई टि–२० क्रिकेट प्रतियोगिता सुरु
सारांश
- सिरहाको धनगढीमाईमा 'प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता' सुरु भएको छ, जसमा १० टोली सहभागी छन्।
- क्लबका अध्यक्षका अनुसार प्रतियोगिताले लुकेका खेलाडीको प्रतिभा उजागर गर्न मद्दत गर्नेछ, र नगर प्रमुखले यसलाई सकारात्मक कदम भनेका छन्।
- प्रतियोगितामा उत्कृष्ट हुने टोलीलाई पुरस्कार प्रदान गरिनेछ र यसले स्थानीय खेलाडीलाई राष्ट्रिय स्तरका लागि तयार पार्नेछ।
सिरहा । खेलकुदको विकास र युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ सिरहाको धनगढीमाईमा आजदेखि ‘प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । वीर युवा क्रिकेट क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा नगरभित्रका १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक क्लबका अध्यक्ष वीरेन्द्रकुमार यादवले मधेस क्रिकेटका लागि उर्वरभूमि भएको उल्लेख गर्दै प्रतियोगिताले लुकेर रहेका खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यहाँ क्षमता भएर पनि ओझेलमा परेका खेलाडीहरूलाई यो मञ्चले आफ्नो खेल प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।’
खेलकुद क्षेत्रको विकास र युवाहरूको क्षमता पहिचान गर्न तथा उनीहरूलाई सही बाटोमा डोहोर्याउन यो कार्यले महत्त्वपूर्ण सहयोग पुग्ने नगरप्रमुख शिवशङ्कर महता बताए । उनले स्थानीयस्तरमा यस्ता प्रतियोगिताहरूको आयोजना हुनु सकारात्मक कार्य भएको बताउँदै आयोजकको प्रशंसा गरे ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः शिल्ड, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । खेल धनगढीमाई–५ स्थित गोठचोक मैदानमा सञ्चालन हुनेछन् । यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई राष्ट्रियस्तरको क्रिकेटका लागि तयार गर्न र नगरमा खेल संस्कृतिको विकासमा टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण