नामिबियाका कप्तान काठमान्डु गोर्खाजबाटै खेल्ने
सारांश
- नामिबियाका कप्तान जेर्हाड इरसमसले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग खेल्ने भएका छन्।
- इरसमसले सन् २०१९ देखि नामिबियाको नेतृत्व गर्दै आएका छन् र उनले २०२३ र २०२४ मा आईसीसी पुरस्कार जितेका थिए।
- उनले काठमान्डु गोर्खाजबाट अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका थिए, जसमा उनले ११ विकेट लिएका थिए।
काठमाडौँ । नामिबियाका कप्तान जेर्हाड इरसमसले लगातार दोस्रो वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् । काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले दोस्रो विदेशी खेलाडीको रुपमा इरसमसलाई भित्र्याएको हो ।
उनले सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका आएका छन् । इरसमसले २०२३ र २०२४ मा आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए । वर्ष २०२४ को पुरुष एसोसिएट क्रिकेटर अफ द इयर हुनेक्रममा इरसमसले २०२३ मा कीर्तिपुरमा नेपालविरुद्धै विश्व क्रिकेट लिग २ का खेलमा २८ रन खर्चेर ५ विकेट लिएका थिए, जुन उनको एक दिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो ।
त्यस्तै उनले सो वर्ष चार अर्धशतक पनि प्रहार गरेका थिए, जसमा वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा स्कटल्यान्डविरुद्ध ३१ बलमा ५२ रन बनाएका थिए । इरसमसले वर्ष २०२४ मा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुल १८ विकेट लिएका थिए ।
काठमान्डु गोर्खाजको टोलीसँग उनी यसअघि नै परिचित छन् । एनपीएलको पहिलो संस्करणमा काठमान्डु गोर्खाजको उपकप्तानको भुमिकामा प्रदर्शन गरेका थिए । उनले ७ खेलमा १३७ माथिको स्ट्राइक रेटमा ११० रन बनाउनुका साथै ११.९० को औसतमा ११ विकेट लिएका थिए ।
‘गत सिजन इरसमसले काठमान्डु गोर्खाजबाट उत्कृष्ट खेलेका थिए, यो वर्ष उनले अझ राम्रो खेल्ने छ भन्ने विश्वास लिएका छौं । उ राम्रो लिडर पनि हो, त्यसले पनि हाम्रो टिमलाई फाइदा पुगेको थियो । मैदान भित्र खेलाडीलाई उसले निकै एक्टिभ बनाएर राख्छ । इरसमस एसोसिएट क्रिकेटको उत्कृष्ट अलराउन्डर र उत्कृष्ट फिल्डर हुन्, उनी जस्ता खेलाडीलाई राखेर टिम बनाउँदा प्रभावकारी हुने अपेक्षा राखेको छु,’ काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाहीले भने ।
३० वर्षे इरसमसले नामिबियाबाट ६३ खेलमा ३८.२१ को औसतमा २ शतक र १७ अर्धशतकका साथ २१७८ एक दिवसीय अन्तर्राष्ट्रिय रन र ७७ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ शतक र १३ अर्धशतकका साथ १२४ माथिको स्ट्राइक रेटमा १८३३ रन बनाइसकेका छन् । उनले पछिल्लो तीन सिजन गुजरात जायन्ट्सबाट यूएईको आईएल टी–२० पनि खेल्दै आएका छन् ।
काठमान्डु गोर्खाजले आउदो सिजनको एनपीएलका लागि भित्राइएका उनी दोस्रो विदेशी खेलाडी हुन् । यसअघि नै दक्षिण अफ्रिकामा जन्मिएका र हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोसलाई लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण