मधेस प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठक, सबै जनशक्ति परिचालन गरिने
जनकपुरधाम । केही दिनयता मौसममा आएको परिवर्तन भारी वर्षाको चेतावनीसँगै मधेस प्रदेश सरकार त्यसको तयारीमा जुटेको छ ।
प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री जितेन्द्र सोनल र सुरक्षा निकायका प्रमुखहरूको सम्मिलित बैठकमा भारतको उडिसाबाट सुरु भएको मोन्था चक्रवातको असर प्रदेशमा बिहीबारबाट हुने भएकाले त्यसको पूर्वतयारीका विषयमा छलफल भएको छ ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्म मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरेको छ । यस्तो अवस्थामा सर्वसाधारणलाई सुरक्षित रहन मुख्यमन्त्री सोनलले आग्रह गरेका छन् । प्रदेशमा मुख्य नदीहरूः सप्तकोशी, बागमती, कमला, रातु, लखनदेहीलगायत नदीको जलस्तर खतरा निशानभन्दा माथि जान सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बस्तीको सुरक्षाका लागि प्रदेश सरकार तत्पर रहेको उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण गर्न अधिकतम प्रयास गर्ने र आफूसँग भएका सम्पूर्ण जनशक्तिलाई परिचालन गर्ने मुख्यमन्त्री सोनलले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण