आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

कप्तान रोहितको शतक, नेपालद्वारा यूएईलाई २३४ रनको लक्ष्य

बिहीबार, १३ कात्तिक २०८२, १४ : ५९
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • रोहित पौडेलको शतक मद्दतमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दियो।
  • नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो।
  • यूएईका जहिद अलीले सर्वाधिक चार विकेट लिए।

काठमाडौँ । कप्तान रोहित पौडेलको सानदार शतकको मद्दतमा नेपालले आईसीसी विश्वकप लिग–२ सिरिजमा यूएईलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहितले १३० बलमा ५ चौका र २ छक्काको सहयोगमा १०९ रनको उत्कृष्ट योगदान दिए । आसिफ शेखले ४८ बलमा ३५ रन जोड्दा आरिफ शेखले ४२ बलमा २७ रन बनाएका थिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले २३ रन र करण केसीले १३ रनको योगदान गरे ।

बलिङतर्फ यूएईका लागि जहिद अलीले सर्वाधिक चार विकेट लिए । जुनइद शिद्धगीले तीन विकेट लिँदा आयान अफ्जल खानले दुई विकेट हात पारे । मोहम्मद रोहिद र हैदर अलीले एक–एक विकेट लिए ।

यो खेलमा जित निकाल्दै नेपाल लिग–२ को अंक तालिकामा आफ्नो स्थान बलियो बनाउने योजनामा छ । हालसम्म १७ खेल खेलेको नेपाल १२ अंक सहित तालिकाको सातौँ स्थानमा छ भने यूएईको ६ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप