आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झलनाथलाई रिजालको  कटाक्ष : वडामा ८ भोट, राष्ट्रमा पार्टी ?

शनिबार, १५ कात्तिक २०८२, ११ : ४०
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • एमाले नेता विष्णु रिजालले झलनाथ खनालको वडामा एकीकृत समाजवादीको मतबारे कटाक्ष गरे।
  • खनालले एकीकृत समाजवादीको पक्षमा इलाम-१ मा ८ मत मात्रै ल्याएको रिजालको भनाइ छ।
  • माधव नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरे।

काठमाडौँ । नेकपा (एमाले) का नेता विष्णु रिजालले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह वडामा गत वर्ष सम्पन्न उपनिर्वाचनमा पार्टीले पाएको मत सङ्ख्यालाई लिएर कटाक्ष गरेका छन्।

रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले इलाम–१ को उपनिर्वाचनमा आफ्नो वडामा एकीकृत समाजवादीको पक्षमा जम्मा ८ मत खसाल्न सफल भएको उल्लेख गरेका छन् । उनले पूरै निर्वाचन क्षेत्रमा पार्टीको जम्मा ४०८ मत आएको पनि स्मरण गराएका छन्।

‘अब ७७ वर्षमा फेरि लफ्फाजी हाँकेर अरूलाई दुःख दिनुभन्दा आराम गर्नु उचित होइन र ? जनताले ऐना देखाएकै छन् त !’ भन्दै रिजालले खनालको राजनीतिमा निरन्तरताको विषयमा प्रश्न उठाएका छन्।

अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्। शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि खनालले यस्तो घोषणा गरेका हुन्।

नेता खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ’विसर्जन’ गरेको आरोप लगाएका छन्। 

 ‘विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो,’ खनालको भनाइ छ, ‘हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ। नभए नयाँ बनाउँछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप