बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ज्यान मार्ने धम्की दिएर रकम असुल्ने ६ जना पक्राउ

सोमबार, १७ कात्तिक २०८२, १९ : ०६
सोमबार, १७ कात्तिक २०८२

संखुवासभा । संखुवासभाको चैनपुरमा आपराधिक लाभ कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा प्युठान घर भई हाल चैनपुरमा बसोबास गर्दै आएका ३० वर्षीय केबी पुन मगर, चैनपुर नगरपालिका–७ का २५ वर्षीय लब आलेमगर, ३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु (यमसिख यसमाली) मगर, २५ वर्षीय प्रदीप समाल मगर र २९ वर्षीय ऐम बिरेन (यसमाली) मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार कात्तिक १२ गते राति करिब १० बजे सुनसरी गढी गाउँपालिका–५ घर भई हाल चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीमाथि ती व्यक्तिहरूले मोटरसाइकल रोकेर कुटपिट गरेका थिए । घटनाका क्रममा समूहले चौधरीको मोटरसाइकलको चाबी खोसी जबरजस्ती पदमबहादुर यसमाली मगरको घरमा लगेर सिसाको बोतल फुटाउँदै ज्यान मार्ने धम्की दिएका र त्यस क्रममा चौधरीलाई बलजफ्ती भिडियो खिचिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै समूहले चौधरीबाट जबरजस्ती ८१ हजार एक सय ४५ रुपैयाँ असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । 

पीडितले दिएको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट सबै अभियुक्तलाई नियन्त्रणमा लिएर ३८ हजार चार सय ७० रुपैयाँ नगदसमेत बरामद गरेको डीएसपी मैनालीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामाथि ‘आपराधिक लाभ कसुर’ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप