मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

उरुग्वेविरुद्ध फ्रान्सले गर्यो दोस्रो गोल

शुक्रबार, २२ असार २०७५, २१ : २५
शुक्रबार, २२ असार २०७५

मस्को । रुस विश्वकप अन्तर्गतको पहिलो क्वाटरफाइनलमा उरुग्वेविरुद्ध दोस्रो गोल गरेको छ । फ्रान्सले दोस्रो हाफको ६२ औं मिनेटमा दोस्रो गोल गरेको हो । 

दुई पूर्वविजेता फ्रान्स र उरुग्वेको खेल प्रतिस्पर्धात्मक बनेको छ  । पहिलो हाफमा सुरुवाती अग्रता लिएको फ्रान्सका लागि दोस्रो गोल एन्टोइन ग्रिजम्यानले गरेका हुन् । 

फ्रान्सका लागि पहिलो गोल खेलको ४० औं मिनेटमा डिफेन्डर भरानेले गरेका थिए ।  एन्टोइन ग्रिजम्यान प्रहार गरेको फ्रिकिकलाई  डिफेन्डर भरानेले हेडमार्फत गोलमा परिणत गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप