सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

यस्तो हुलियामा रवि लामिछानेलाई सिंहदरबार पुर्‍याइयो, ६ तस्बिर

बुधबार, १९ कात्तिक २०८२, १३ : २८
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएको छ।
  • जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित आयोगमा लामिछानेलाई उपस्थित गराइएको हो।
  • यसअघि आयोगले नख्खु कारागारका जेलरसँग बयान लिएको थियो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । जेनजी प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनलाई उपस्थित गराइएको हो ।

भदौ २४ मा लामिछाने कारागारबाट निस्केका थिए । यसअघि आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।

रवि सिंहदरबार पुग्दा कालो टिसर्ट र कालै पाइन्टमा पुगेका थिए । 

rabi singhadurbar (1)rabi singhadurbar (2)rabi singhadurbar (3)rabi singhadurbar (4)rabi singhadurbar (5)rabi singhadurbar (6)rabi singhadurbar (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप