शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
एकता घाेषणा समाराेह

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एकता सभामा आएको हुँ : झलनाथ खनाल

बुधबार, १९ कात्तिक २०८२, १५ : २१
बुधबार, १९ कात्तिक २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि बल पुर्‍याउन एकता सभामा आएको बताएका छन् ।

बुधबार नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० दलको एकता सभामा बोल्दै खनालले विगतको गल्ती समीक्षा गरेर अगाडि बढ्न नेतृत्वलाई सचेत गराए ।

‘कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन चाहन्छौँ । कम्युनिस्ट पार्टीमा  केही केही चिज पसेको छ । त्यसले कम्युनिस्ट पार्टीले फुटाएको छ । त्यसमा ध्यान दिएर अगाडि बढाउनुपर्छ’, उनले भने, ‘म ढिलोगरी आएको हुँ । मैले प्रचण्डसँग भनिसकेको छु । उहाँले हुन्छ सम्बोधन गर्छु भनेका छन् । त्यही विश्वास लिएर आफ्नो केहि विमति भएपनि आएको हुँ । कम्युनिस्ट एकतालाई बलियो बनाउन आएको हो ।’

नेतृत्वमा भएको कमजोरीका कारण आसालाग्दो पार्टी विभाजन भयो उनले बताए । खनालले भने,‘नेतृत्व पंक्तिमा समस्या छ । के कारणले यस्तो भयो ? सबैले आत्मसमीक्षा गर्नु आवश्यक छ । हिजोको गल्ती सच्याउन सकिएन भने फेरि पनि त्यही अवस्था आउँछ ।’

कार्यक्रममा गत भदौ २३ गते जेनजीहरूले गरेको आन्दोलन जायज भएपनि नयाँबानेश्वर पुगेपछि चन्ड मुसन्डले हाइज्याक गरेको खनालले आरोप लगाए ।

देशी विदेशी प्रतिक्रियावादीहरूको अन्त्यका लागि नयाँ धारबाट क्रान्ति गर्नुपर्ने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप