विशेष महाधिवेशन पक्षधरको काउन्टरमा नियमित महाधिवेशन पक्षधरले बोलाए विशेष भेला
सारांश
- कांग्रेसको विशेष भेलाको काउन्टरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन्।
- नियमित महाधिवेशन पक्षधरहरूले बिहीबार बिहान गौशालामा भेला बोलाएका हुन्, जसमा संस्थापन र डा. शेखर कोइराला समूहका नेताहरू सहभागी हुनेछन्।
- कांग्रेसमा नियमित र विशेष महाधिवेशनको बहस चलिरहेको छ, तर पार्टीले यस सम्बन्धमा कुनै निर्णय गरेको छैन।
काठमाडौँ । मङ्गलवार कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको विशेष भेलाको काउन्टरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन् । नियमित महाधिवेशन पक्षधरहरूले बिहीबार बिहान साढे ११ बजे गौशालामा रहेको अनुपम फुडल्याण्डमा भेला बोलाएका हुन् ।
भेला बोलाउनेमा संस्थापन र डा.शेखर कोइराला नेतृत्वको इतर समूहका नेता छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा आयोजना हुन लागेको भेलाको आयोजना गर्नेमा कांग्रेस बागलुङका सभापति जित शेरचन, तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, बद्री अर्याल, बिजुला बर्मा, पुष्प शाही, लाओस राई, दीपक भट्टराई, शिव रिमाल, प्रेमिका रानामगर, भुवन भट्ट, विपिन अधिकारी, इन्दु शर्मा लगायतका छन् ।
कर्ण, भुपेन्द्रजंग शाही, राई, भट्टराई, अर्याल, रिमाल, रानामगर नेता डा. कोइराला समूहका हुन् । त्यस्तै शेरचन, श्रेष्ठ, पुष्प शाहीलगायत संस्थापनका हुन् । शेरचनले १४ औँ महाधिवेशनका क्रममा नेता कृष्ण सिटौलाको प्यानलबाट बागलुङको सभापति जितेका थिए ।
कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेका बेलामा दुवै पक्षमा आ–आफ्नो पक्षमा माहौल देखाउन विशेष भेला बोलाइरहेका छन् । कांग्रेसको संस्थापन र नेता डा.कोइराला समूह नियमित महाधिवेशनको पक्षमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।
महामन्त्रीद्वय शर्मा र थापाको अगुवाइमा नेता गुरुराज घिमिरेको नेतृत्वमा संकलन भएको महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गत असोज २९ गते पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । पार्टी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि कांग्रेसले केही निर्णय गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण