गौशालामा नियमित महाधिवेशन पक्षधरको भेला, कांग्रेसका जिल्ला सभापतिहरू सहभागी
सारांश
- कांग्रेसका 'नियमित महाधिवेशन पक्षधर' ले बोलाएको भेलामा प्रदेश र जिल्ला सभापतिहरू उपस्थित भएका छन्।
- भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, भक्तपुर सभापति दुर्लभ थापा लगायतका नेताहरूको उपस्थिति रहेको छ।
- विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेला गरेपछि यो भेला आयोजना गरिएको हो।
काठमाडौँ । कांग्रेसका ‘नियमित महाधिवेशन पक्षधर’ ले बोलाएको भेलामा प्रदेश र जिल्ला सभापतिहरू उपस्थित भएका छन् । गौशालास्थित अनुपम फुडल्याण्डमा सुरु भएको भेलामा नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा सहभागी भएका छन् ।
त्यस्तै कांग्रेसका जिल्ला सभापतिहरू पनि भेलामा उपस्थित भएका छन् । कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापा,ओखलढुङ्गा सभापति तेजेन्द्र खनाल,अछामका सभापति पुष्पबहादुर शाह र मुगुका सभापति ऐनबहादुर शाही भेलामा उपस्थित भएका युवा नेता शिव रिमालले जानकारी दिए ।
ऐनबहादुर शाही केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री थिए । त्यस्तै पूर्व रक्षामन्त्रीसमेत रहेका नेता भीमसेनदास प्रधान पनि भेलामा उपस्थित भएका रिमालले जानकारी दिए ।
विशेष महाधिवेशन मागेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मङ्गलवार विशेष भेला गरेपछि संस्थापन र इतर समूहका नेता डा.शेखर कोइराला समूहका युवा नेताहरूले नियमित महाधिवेशनको माग गर्दै भेला गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा भइरहेको भेला कांग्रेस बागलुङका सभापति जित शेरचन, तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, बद्री अर्याल, बिजुला बर्मा, पुष्प शाही, लाओस् राई, दीपक भट्टराई, शिव रिमाल, प्रेमिका रानामगर, भुवन भट्ट, विपिन अधिकारी, इन्दु शर्मा लगायतले संयोजन गरिरहेका छन् ।
कर्ण, भुपेन्द्रजंग शाही, राई, भट्टराई, अर्याल, रिमाल, रानामगर नेता डा.कोइराला समूहका हुन् । त्यस्तै शेरचन, श्रेष्ठ, पुष्प शाहीलगायत संस्थापनका हुन् । शेरचनले १४ औँ महाधिवेशनका क्रममा नेता कृष्ण सिटौलाको प्यानलबाट बागलुङको सभापति जितेका थिए ।
अहिले भेलामा सहभागी भएका प्राय कांग्रेसका जिल्ला सभापतिहरू संस्थापनबाट जितेका छन् । कांग्रेसको संस्थापन र नेता डा.कोइराला समूह नियमित महाधिवेशनको पक्षमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण