रास्वपाको विस्तारित बैठक भोलिदेखि, पार्टीको अगामी रणनीति तय गर्ने मुख्य एजेण्डा
काठमाडौँ । चितवनको सौराहामा शुक्रबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकको तयारी पूरा भएको छ ।
बिहीबार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै विस्तारित बैठकको तयारी पूरा भएको पार्टीले जनाएको छ ।
पार्टीको आगामी रणनीति तय गर्न भोलिदेखि सुरु हुने बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरि ढकालले बताए ।
उनका अनुसार बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।
उनले भने,‘भोलिको विस्तारित बैठकमा देशैभरीबाट ५ सय जनाहरू आउँदै हुनुहुन्छ । केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि साथीहरू सहभागी हुनुहुनेछ । म आफू बैठकको व्यवस्थापकीय जिम्मेवारीमा रहेको हुनाले विस्तारित बैठकलाई सम्पन्न गर्न सहयोग गर्नको लागि हार्दिक अपिल समेत गर्दछु ।’
बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण