आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

प्रचण्डलाई भेट्न हात्तीवन पुगे झलनाथ खनाल

शुक्रबार, २१ कात्तिक २०८२, ०९ : ००
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • झलनाथ खनाल पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न हात्तीवन पुगेका छन्।
  • प्रचण्ड निवासमा दुई नेताबीच विकसित घटनाक्रम र पार्टी गतिविधिबारे छलफल भइरहेको छ।
  • पार्टी एकताप्रति असन्तुष्ट खनाल पार्टी एकतामा मिसिए र तेस्रो वरीयता पाउने निश्चित छ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न हात्तीवन पुगेका छन् । 

प्रचण्ड निवास हात्तीवनमा दुई नेताबिच छलफल चलिरहेको स्रोतले बतायो । उनीहरूबिच विकसित घटनाक्रम र पार्टी गतिविधिबारे छलफल भइरहेको बताइएको छ । 

पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै आएका खनाल अन्तिम समयमा आएर नेपाली कम्युनिस्ट पार्टीसँगको एकतामा मिसिएका थिए । पार्टीमा उनले प्रचण्ड र माधव नेपालपछिको तेस्रो वरीयता पाउने निश्चित भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप