काठमान्डु गोर्खाजमा भित्रिए सन्नी पटेल, विदेशी खेलाडीको कोटा पूरा
सारांश
- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिगका लागि अलराउन्डर सन्नी पटेललाई अनुबन्ध गरेको छ।
- सन्नी पटेलले यसअघि डीपीएल र पोखरा प्रिमियर लिगको उपाधि जितेका थिए।
- पटेलले अमेरिकामा माइनर लिग क्रिकेटको उपाधि जितेका थिए, र हाल एमआई न्यु योर्कबाट मेजर लिग क्रिकेट खेलेका छन्।
काठमाडौँ । अलराउन्डर सन्नी पटेललाई काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि अनुबन्धन गरेको छ । यो सँगै काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पूरा गरेको छ ।
काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमार, इंल्यान्डका बेन चाल्र्सवर्थ र जोहन सिम्पसनलाई आउदो सिजनको एनपिएलका लागि अनुबन्धन गरिसकेको छ । इरसमस बाहेक अन्य सवैले पहिलो पटक गोर्खाजको जर्सी लगाएर खेल्न लागेका हुन् ।
पटेल भने नेपालको फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय नाम हुन् । उनले २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए ।
डीपीएलमा उनी महेन्द्रनगर युनाइटेडविरुद्ध प्लेयर अफ द फाइनल बन्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।
भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् । अक्टोबरमा उनले एटलान्टा फायरलाई माइनर लिग क्रिकेटको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सो क्रममा उनले १० खेलमा १६ विकेट लिएका थिए । च्याम्पियन एटलान्टा टोलीका प्रशिक्षक मोन्टी देसाई थिए । उनै मोन्टीको प्रशिक्षणमा काठमान्डु गोर्खाजले एनपीएल खेलिरहेको छ ।
‘सन्नी एटलान्टा फायरको एक महत्त्वपूर्ण हिस्सा रहेका थिए । मैले उनको खेल प्रत्यक्ष हेर्दै आएको छु, उनले आफ्नो खेलमा उत्साह, संयमता र परिपक्वता ल्याएका छन्,’ मोन्टीले भने, ‘उनी बल र ब्याट दुबैमा उच्च योगदान दिन सक्छन् । मेजर लिग क्रिकेटमा खेलेको उनको अनुभव गोर्खाजका लागि अमुल्य बन्न सक्छ । गोर्खाज परिवारमा उनलाई समावेश गर्न पाउँदा हामी उत्साहित रहेका छौँ । उनको बहुमुखी प्रतिभा र व्यावसायिकताले हाम्रो टोलीको सन्तुलनलाई बलियो बनाउने छ ।’
सन्नीले जुन–जुलाईमा भएको अमेरिकाको मेजर लिग क्रिकेटमा एमआई न्यु योर्कको प्रतिनिधित्व गरेका थिए । सो क्रममा उनले ६ खेल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण