भाटभटेनी भवनको पर्खाल खस्दा ३ जना घाइतेको पहिचान खुल्यो
काठमाडौँ । भाटभटेनी भवनको पर्खाल खस्दा घाइते भएका ३ जनाकाे पहिचान खुलेकाे छ ।
आइतबार काठमाडौँ महानगरपालिका वडा नम्बर १ स्थित भाटभटेनीको भवन भत्काउने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगतर्फ रहेको भाटभटेनि भवनको पर्खाल खस्दा घाइते भएका ३ जनाकाे पहिचान खुलेकाे हाे ।
घाइते हुनेहरूमा २५ वर्षिय दिपक तामाङ(दुवै हात र दुवै खुट्टामा चोट रहेको अवस्था मध्यम बोल्न सक्ने), ३३ वर्षिय राज कुमार स्याङतान(टाउको र दुबै खट्टामा चोट रहेको अवस्था सामान्य बोल्न सक्ने) र ३१ वर्षिय विजय पाख्रिन(टाउको,दुवै हात,दुवै खुट्टामा चोट अवस्था हल्का बोल्न सक्ने अवस्था मध्यम रहेको) रहेका छन् । त्यहाँ १७ जना कामदार थिए ।
घाइते हुनेहरु मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाका स्थायी बासिन्दा हुन् । उनीहरु काठमाडौँकाे वडा नम्बर १ स्थित भाटभटेनी बस्दै आएका थिए ।
उनीहरुलाई उपचारको लागि टिचिङ अस्पतालमा पठाइएको प्रहरीले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण