रवीन्द्र गुप्ता बने दृष्टिविहीन महिला टी–२० क्रिकेटको अम्पायर
सोमबार, २४ कात्तिक २०८२, १० : ३२
सारांश
- रवीन्द्र गुप्ता दृष्टिविहीन महिला टी–२० क्रिकेटको अम्पायरमा नियुक्त भएका छन्।
- गुप्ता भारत र श्रीलंकामा हुने प्रतियोगिताका लागि प्रस्थान गर्दैछन्।
- प्रतियोगितामा नेपालसहित विभिन्न देशका टोलीहरूको सहभागिता रहने छ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रवीन्द्र गुप्ता दृष्टिविहीन महिला टी–२० क्रिकेटको अम्पायरमा नियुक्त भएका छन् ।
गुप्ता आज नै भारत प्रस्थान गर्दैछन् भने भारतवाट नै १४ नोभेम्बर श्रीलङ्का जानेछन् । प्रतियोगिताको उद्घाटन खेल नोभेम्बर ११ (कार्तिक २५) भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्बर २३ (मङ्सिर ७) गते हुनेछ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्याण्डले पहिलो पटक आयोजना हुन लागेको दृष्टिविहीन महिला विश्वकप टी–२० मा सहभागिता जनाउने छन् ।
गुप्ता नेपालबाट सिनियर टोलीका विश्वकपको खेल खेलाउने नेपालको पहिलो अम्पायर बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण