मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप हेरेर फर्किएका एक नेपालीको अनुभव – स्टेडियमबाट मेस्सीलाई देख्दा विश्वास नै लागेन

बिहीबार, २८ असार २०७५, ०४ : ००
बिहीबार, २८ असार २०७५

फिफा विश्व कप २०१८ फुटबलको महाकुम्भमा पुगरे प्रत्यक्ष खेल हेरर फर्किएका कोकाकोलाद्वारा आयोजित ‘कोक खाम् रसिया जाम्’ अभियानका विजेताहरु रसिया गएर प्रत्यक्ष खेल हेरर आउँदासमेत आफू उक्त क्याम्पेनको विजेता भएको र रसिया पुगेर प्रत्यक्ष खेल हेरर फर्किएको कुरा पत्याउन सकिरहेका छैनन् ।

यस्तो अविश्वसनीय अवसर जुराइ दिएकोमा सबैले कोकाकोलालाई विशेष धन्यवाद दिएका छन् ।

 नरेश जोशी:

जाने बेलाभन्दा आएपछि उत्साहित भइरहेको छु  फोटोहरु हेर्दा अब फेरि जान पाए हुन्थ्यो जस्तै लागिरहेको छ । मलाई अब बल्ल फुटबल प्रति बढी इन्ट्रेस्ट लागिरहेको छ । टिभीमा म्याच हेर्दा ‘म त्यो ठाउँमा पुगेर आइसकेको हुँ’ भन्ने महसुस हुन्छ । स्टेडियममा पुग्दा र त्यहाँको माहोल सम्झिँदा त अहिले पनि मेरो रौं ठाडा हुन्छन् । हामीसँगै जानु भएको साथीहरुले नेपालको झन्डा लिएर जानुभएको थियो । स्टेडियममा थुप्रै देशका दर्शकहरु आउनु भएको थियो र सबैले आ–आफ्नो देशको झन्डा बोकेर आउनु भएको थियो । हाम्रो झन्डा सबै भन्दा ठूलो र फरक आकारको थियो, आफ्नो झन्डा त्यहाँ लहराउन पाउँदा साह्रै गर्व महसुस भयो । कोकाकोलाले गर्दा त्यहाँसम्म पुग्न पाइयो र कहिले नसोचेको विश्वकप हेर्ने मौका जुर्यो ।

पुष्पा श्रेष्ठ:

रुस पुगेर विश्वकप हेरेर आएँ, निकै नै खुशी छु । कोकाकोलाबाट फोन आउँदा  त विश्वास नै लागेको थिएन । आमाको मुख हेर्न बिराटनगर गएकी थिएँ कोकाकोलाबाट फोन आएपछि  अर्को दिन बिहानैको उडान लिएर काठमाडौँ फर्किहालें  । म धेरै पटक विदेश भ्रमणमा गइसकेकी छु र अरु पनि प्लान गर्दैछु । तर विश्वकप हेर्ने त कहिले सोचेको पनि थिइनँ । हामी आम नेपालीका लागि त त्यो एउटा सोचभन्दा पनि बाहिरको कुरा हो । विश्वकप मात्र नभई हामीले रुसको सिटी टुर पनि गर्ने मौका पायौं । रसिया पुग्दा कुनै उत्सव या चाडपर्वमा पुगे जस्तै लाग्यो । त्यहाँको माहौल निकै रमाइलो र उत्सवमय थियो  । स्टेडियममा छिर्दा त म निकै उत्साहित भएँ । कोकाकोलाले  निकै राम्रो व्यवस्था मिलाएको थियो । बस्ने खाने सबै बन्दोबस्त सोचेको भन्दा राम्रो थियो । म आफैं पनि ट्रावल एजेन्सीमा काम गर्ने भएकाले २० जनको व्यवस्था मिलाउन कति गाह्रो हुन्छ भनेर राम्रोसँग थाहा छ । तर कोकाकोलाले यो भ्रमण निकै  राम्रो तरिकाले व्यवस्था गरेको थियो । मैले यस्ता अवसर पाएकामा मेरो पूरा परिवार नै खुसी छ ।  म आशा राख्छु कि कोकाकोलाले भविष्यमा पनि यस्ता वान्स–इन–अ–लाईफ टाईम अवसर फेरि फेरि ल्याउने छ ।

उदीप बराल:

म फुटबलको निकै ठूलो पारखी हुँ । तर कहिले विश्वकप हेर्ने मौका पाउँछु भनेर मैले कहिले पनि सोचेको थिइनँ । जब मलाई यस्तो अवसर जुरेको भन्दै कोकाकोलाबाट फोन आयो तब मेरो खुशीको सीमा नै थिएन । जानु अघि साथीभाइहरुलाई पार्टी दिएर १० हजार सिद्धाएँ ।  नेपाल एरपोर्टमा नै  खुशीले गर्दा म नर्वस भैसकेको थिए । रसिया पुग्दा त कस्तो भयो भन्नै सक्दिन । यो मेरो जीवनकालको सबै भन्दा अविष्मरणीय पल थियो । स्टेडियमबाट मेस्सीलाई देख्दा एकछिन विश्वास नै लागेन । कहिले विदेश गएको पनि थिइनँ । त्यहाँको माहोल देखेरै म त दङ्ग परे । कोकाकोलाले मलाई मेरो जीवनको सबै भन्दा ठूलो उपहार दिएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप