सहर्ष पराजय स्वीकार गर्न रवि लामिछानेको आग्रह
मङ्गलबार, १८ वैशाख २०८१, ११ : ४९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले चुनाव जित्न नसकिए पनि सिक्न सकिएको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘कुनै ईफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।’
लामिछानेले इलाम २ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएकोमा हार्दिक बधाई ज्ञापन पनि गरेका छन् । ‘हामीलाई मत दिनु हुने र मत सँगै ठुलो सन्देश दिनु हुने सबै प्रति आभारी छु’, लामिछानेको भनाइ छ । यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बु लगायत निर्वाचनमा अहोरात्र खट्ने सिङ्गो पार्टी पङ्क्तिलाई पनि लामिछानेले धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण