आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कतारस्थित नेपाली राजदूतावासले भन्यो– ठुलो आवाजमा कुरा नगर्नुस्

बुधबार, २६ कात्तिक २०८२, २१ : ०६
बुधबार, २६ कात्तिक २०८२

काठमाडौँ । कतारस्थित नेपाली राजदूतावासले आफ्नो परिसर बाहिर बिहानैदेखि सेवाग्राहीहरूको भीड लाग्ने, खुला स्थानमा सवारी साधन पार्किङ गर्ने र ठुलो आवाजमा कुरा गर्ने जस्ता गतिविधिका कारण छिमेकका बासिन्दाले असजिलो महसुस गरिरहेको जनाएको छ।

दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै सेवाग्राहीहरूलाई कार्यालय समयको ख्याल गरी बिहान ८ बजे मात्र सेवा लिन आउन अनुरोध गरेको छ। 

साथै, सेवा लिन सम्बन्धित व्यक्ति मात्र उपस्थित हुन र कार्यालय परिसर वरिपरि अनावश्यक रूपमा नबस्न आग्रह गरिएको छ।

582068650_24921648264196829_960407408798652552_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप