११ दल नेपाली कम्युनिस्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको विरोध गर्नु मात्र हो : सूर्य थापा
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरूको मिसिनुको उद्देश्य केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको सञ्चारकर्मीहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले समाजवादी र माओवादी बाहेक अरू पार्टी शून्य रहेको भन्दै हामी यत्तिकै मिसियौँ भन्नुको कुनै अर्थ नरहेको बताए ।
उनले भने,‘हिजोसम्म ११ वटा पार्टीको एकता भन्नुभएको छ । समाजवादी र माओवादी चिनेको हो । अरू नौ वटा जिरो हुन् । कसैले चिनेको छैन । ११ वटा मिसिएर के हुने रैछ त ? देशभरीको स्थिति त यही हो । अनि हामी यत्तिका मिसियौँ भन्नुको अर्थ के हुन्छ ? उहाँहरूले ०७७ सालदेखि नै यही गर्दै आउनुभएको हो । त्यो भनेको केपी ओलीको सिद्धान्तको विरोध हो । उहाँहरूको राजनीति केपी ओलीकै निन्दा हो ।’
त्यस्तै, उनले अहिले पेन्सन पकाउने सेलिब्रेटी बन्ने अनि पार्टी खोलिहाल्ने लहर चलेको बताए । खोलिएको हरेक पार्टी कांग्रेस र एमाले जस्तो शताब्दी राष्ट्रको नेतृत्व गर्ने पार्टी नहुने भन्दै उनले अहिले दर्ता भएका पार्टी कालिपोके बन्ने खतराका पार्टीहरू रहेको टिप्पणी गरे ।
उनले केपी ओलीले पद छोड्नुपर्छ, २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ भनेर केन्द्रीय कमिटीमा ३ सय २८ जनाले बोलेकोमा १६ जना र सचिवालयमा ५ गरी २१ जनाले मत राखेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण