यातायात विभागको सेवा सूचारु, आंशिक रूपमा लाइसेन्स प्रदान गरिने
शनिबार, २९ कात्तिक २०८२, १९ : ५२
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभाग, मीनभवनले विद्युतीय सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आंशिक रुपमा सूचारु भएको जानकारी गराएको छ ।
विभागको डाटा सेन्टरमा आएको प्राविधिक समस्या समाधान भएसँगै सेवा सूचारु भएको हो ।
विभागले जारी गरेको सूचनाअनुसार कात्तिक २८ गते विभागको डाटा सेन्टरमा प्राविधिक समस्या उत्पन्न भएको थियो । उक्त समस्या हाल समाधान भइसकेकाले विद्युतीय सवारी चालक अनुमतिपत्र सम्बन्धी केही सेवाहरू आंशिक रूपमा प्रदान गर्न सकिने विभागले जनाएको छ ।
सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति विभागले क्षमा याचना गर्दै प्रणाली पूर्ण रूपमा सूचारु हुन भने केही समय लाग्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण