सिमानामा आउजाउ गर्नेको विवरण राख्न भारतको प्रस्ताव
सारांश
- भारतले नेपाल-भारत सीमाबाट आवतजावत गर्नेहरूको विवरण राख्न प्रस्ताव गरेको छ।
- सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालले एसएसबीलाई लुटिएका र भागेका कैदीबन्दी नियन्त्रणमा सहयोग गर्न आग्रह गरे।
- दुवै देशबीच दशगजामा बनेका संरचना हटाउने र विपद् व्यवस्थापनमा सहकार्य गर्ने सहमति भएको छ।
काठमाडौँ । नेपाल–भारत सीमाबाट आउजाउ गर्नेहरूको विवरण राख्न भारतले नेपाल पक्षलाई प्रस्ताव गरेको छ । नयाँ दिल्लीमा आयोजित नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनले सो प्रस्ताव राखेका हुन् । नाकाबाट आउजाउ गर्नेहरूको अभिलेख राख्ने सचिव स्तरीय प्रस्तावमा निर्णय भने भैसकेको छैन ।
सीमा सुरक्षा समन्वयात्मक बैठक सकेर सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल सहितको टोली नेपाल फर्किएको छ । छलफलमा सहभागी एकजना अधिकृतले भने, ‘भारतीय गृह मन्त्रालयका सचिवले राखेको प्रस्ताव हामी गृह मन्त्रालयका सचिवसँग राख्छौँ । यताबाट सहमति भएपछि अभिलेख राख्ने विषय लागु गर्न सकिन्छ ।’
सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलसँग सशस्त्रका आईजी अर्यालले जेनजी प्रदर्शन हुँदा लुटिएका र जेलबाट भागेका कैदीबन्दी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए । सिंघलले लुट र आतंकमा संलग्नहरूको फोटो सहितको विवरण पठाउन अनुरोध गर्दै छलफलमा भनेका छन्, ‘फोटो सहितको विवरण प्राप्त भएमा हामी नियन्त्रणमा लिन र सहयोग गर्न तयार छौँ ।’
एसएसबीका महानिर्देशक सिंघलले जेलबाट भागेका कैदी र लुटिएका सुरक्षाकर्मीको हतियार भारत पक्षलाई पनि चुनौतीको विषय भएको बताएका छन् ।
नेपाल र भारतको बिचमा १२ वटा एजेन्डामा छलफल र हस्ताक्षर भएको छ । दशगजामा बनेका संरचना हटाउनेबारे पनि दुवै पक्षबिच सहमति भएको छ । विपद् व्यवस्थापन र तालिममा सहकार्य गर्नेबारे सहमति भएको छलफलमा सहभागी एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
समन्वयात्मक बैठक कार्तिक २६ देखि २८ सम्म भएको थियो । बैठकमा आईजी अर्याल, एआईजी गणेश ठाडा मगर, नेपाल प्रहरीका डीआईजी दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक राम प्रसाद दास, सशस्त्रका एसएसपी किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र परराष्ट्रका उपसचिव विजयराज तण्डुकार सहितका अधिकारीहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण