शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नीतीश कुमारको नयाँ मन्त्रिमण्डलमा को–को बने मन्त्री ?

बिहीबार, ०४ मङ्सिर २०८२, १५ : २४
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडाैँ । भारतको बिहार राज्यमा नीतीश कुमारले मुख्यमन्त्रीको शपथ लिएका छन् । योसँगै नीतीश १० औँ पटक बिहारको मुख्यमन्त्री बनेका छन् ।

पटनाको गान्धी मैदानमा भएको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, एनडीएका नेताहरूसहित विभिन्न प्रदेशका मुख्यमन्त्री उपस्थित थिए ।

समारोहमा नीतीशसँगै अन्य २६ मन्त्रीले शपथ लिएका छन् । यसमा भाजपाको कोटाबाट १४ मन्त्री र जेडीयू कोटाबाट ९ मन्त्रीले स्थान पाएका छन् । 

योसँगै चिराग पासवानको एलजेपी (रामविलास)ले दुई मन्त्री पायाे । जितनराम मान्झीको हम पार्टीले एउटा र उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चाले पनि एक मन्त्री पद पाएकाे छ ।

बिहारको नयाँ सरकारमा विजयकुमार चौधरी, विजयेन्द्रप्रसाद यादव, श्रवणकुमार, मंगल पाण्डे, दिलीप जैसवाल, अशोक चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

त्यसपछि राज्यपाल आरिफ मोहम्मद खानले लेसी सिंह, नितिन नवीन, मदन साहनी, राम कृपाल यादव, सन्तोषकुमार सुमन र सुनिल कुमारलाई पद तथा गोपनीयताको शपथ गराए ।

मोहम्मद जामा खान, सञ्जय सिंह टाइगर, अरुण शंकर प्रसाद, सुरेन्द्र मेहता, नारायण प्रसाद, रामा निषादलाई पनि शपथ ग्रहण गराइएको थियो ।

अन्तमा लखेन्द्रकुमार रोशन, श्रेयसी सिंह, डा. प्रमोद कुमार, सञ्जय कुमार, सञ्जयकुमार सिंह र दीपक प्रकाशले शपथ ग्रहण गरी कार्यक्रमको समापन भयो ।

बिहार विधानसभा चुनावको मतगणना नोभेम्बर १४ मा भएको थियो । यसमा एनडीएले २०२ सिट पायो । 

भाजपाले सबैभन्दा बढी ८९ सिट, जेडीयूले ८५ सिट, चिराग पासवानको एलजेपी (रामविलास) १९, जितन राम मान्झीको ह्यामले ५ र आरएलएमओले ४ सिट पाएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप