आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
बारा घटना

सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी

बिहीबार, ०४ मङ्सिर २०८२, १५ : ३४
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडौँ । बुधबारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बिहीबार बैठक बसिरहेको हो । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन बुधबार बारा जाने कार्यक्रम थियो । 

एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा हिजो जेनजी युवाहरूले तोडफोड गरेका थिए ।त्यसपछि त्यहाँ कर्फ्यु आदेश जारी भएको छ । त्यो कर्फ्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । हिजोदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो ।

यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो । 

निर्णय बमोजिम रक्षा मन्त्रालयमा पत्र पनि पुगिसकेको स्रोतले बताएको छ । सेना परिचालनका लागि सुरक्षा परिषद्ले निर्णय गर्नुपर्ने भएकाले त्यसबारे पनि आज छलफल भइरहेको सम्बद्ध स्रोतले जानकारी दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप