आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बारा घटना : चार युवासहित ६ प्रहरी घाइते

बिहीबार, ०४ मङ्सिर २०८२, १७ : ४१
बिहीबार, ०४ मङ्सिर २०८२

बारा । बाराको सिमरामा भएको जेनजी आन्दोलनको क्रममा ४ जना जेनजी युवाहरूसहित ६ जना प्रहरी जवान घाइते भएका छन् । 

आज बिहान १० बजेदेखि सिमरा चोकमा सुरु भएको आन्दोलनले उग्र रूप लिएपछि दोहोरो भिडन्तको क्रममा आन्दोलनकारी र प्रहरी घाइते भएका हुन् ।

जितपुर सिमरा अस्पतालमा उल्लेख भएको तथ्यांक अनुसार आजको आन्दोलनमा निलहरी सापकोटा, निशान श्रेष्ठ, सुमित चौधरी र सन्देश घिमिरे घाइते भएको जनाइएको छ । 

घाइते भएका युवाहरूमध्ये निलहरी सापकोटा र निशान श्रेष्ठलाई गहिरो चोट लागेकाले वीरगञ्ज स्थित एल.एल न्युरो अस्पतालमा पठाइएको सिमरा अस्पतालले जनाएको छ । 

यता, ६ जना प्रहरी जवान पनि सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजय पण्डितले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप