दोधारा चाँदनीमा आठ करोडको लागतमा ‘लिफ्ट सिँचाइ’
सारांश
- दोधारा चाँदनीमा ८ करोडको लागतमा लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा छ।
- योजनाबाट दोधारा चाँदनीका २०० हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ।
- २०८७ सम्म कैलालीको मालाखेतीसम्म नहर निर्माण गर्ने लक्ष्य छ।
कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिकास्थित कञ्जभोजमा लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको छ । महाकाली सिँचाइ तेस्रो चरणको आयोजना कार्यालयले रु आठ करोड नौ लाखको लागतमा लिफ्ट सिँचाइ निर्माण गरिरहेको छ ।
आयोजना प्रमुख योगेन्द्र मिश्रले सिँचाइबाट दोधारा–चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने जानकारी दिए । “ठेक्का सम्झौताअनुसार आगामी चैत मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हामीले द्रूत गतिमा काम गरिरहेका छौँ । यही गतिमा काम भएमा डेढ÷दुई महिनाभित्र पानी सञ्चालन हुने अवस्थामा पुग्छौँ”, उनले भने, “यसबाट दोधारा–चाँदनीमा २०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।”
विसं २०७९ मङ्सिरमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । ५६ दशमलव ८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा तीन हजार ६०० हेक्टरमा खेती हुँदै आएको छ । सबै ठाउँमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा पर्दै आएका छन् । किसानले प्रतिघण्टा २०० रुपैयाँ तिरेर मोटरबाट सिँचाइ गर्दै आएका स्थानीय सीता सुनारले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण