पश्चिम पाल्पामा न्वागी महोत्सव हुँदै
पाल्पा । रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्खामा दुईदिने न्वागी महोत्सव हुने भएको छ । यही मङ्सिर ७ र ८ गते रैनादेवी मन्दिर परिसरमा महोत्सव हुन लागेको हो ।
यस वर्ष कात्तिक २७ गते देवीका लागि मुठी लिइसकेका किसानले मङ्सिर ७ गते ९ः३० बजेभित्र पूर्व दिशा फर्केर रैनादेवीलाई नयाँ धानको अक्षता चढाई न्वागी मनाउन लागेका हुन् । नयाँ धान भित्र्याएपछि पहिले देवीलाई चढाएर मात्र यहाँ उपभोग गर्ने प्रचलन छ । परापूर्वकालदेखि नै पश्चिम पाल्पा, पूर्वी अर्घाखाँची, दक्षिण गुल्मीका जनताले उत्पादन गरेको नयाँ धान, चामल रैनादेवी भगवतीलाई चढाएर मात्र खाने प्रचलन रहँदै आएको छ ।
यस दिन देवीलाई धान चामल चढाउने, पूजा पाठ गर्ने, स्तुति गान गर्ने र सोही दिनको रातिदेखि नै मन्दिर परिसरमा आआफ्नो जातजातिको कलासंस्कृतिको प्रस्तुित गरी देवीलाई खुसी पार्ने चलन रहेको छ ।
न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याइएमा सो घरमा अनिष्ट हुने जनविश्वासस्वरुप पश्चिम पाल्पाका जनताले परम्पराकालदेखि नै न्वागी पर्वलाई उत्सवका रुपमा मनाउँदै आएको पूर्वजनप्रतिनिधि विष्णु पोखरेलले बताए । उनका अनुसार न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँगै मौलिक संस्कृति, जीवन पद्धति, कृषक तथा कलासंस्कृतिसँग गासिएको छ ।
न्वागी पर्वको अवसर पारेर वडा कार्यालय र रैनादेवी मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा आएका भक्तजन तथा अतिथिलाई, नयाँ धानको चामल र दही खुवाउने र पालिकास्तरीय मौलिक कलासंस्कृतिसहितका विभिन्न किसिमका परम्परागत मौलिक कलासंस्कृति तथा नाच प्रदर्शन गरिने वडाध्यक्ष प्रदीप पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण