काठमान्डुद्वारा विराटनगरलाई १३५ रनको लक्ष्य
सारांश
- शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु र विराटनगरबीच खेल हुँदैछ।
- खेलको अपडेटको लागि तयार रहनुहोस्।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले विराटनगर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनायो । काठमान्डुका लागि आदिल आलमले सर्वाधिक ४८ रनको योगदान गरे ।
उनले २५ बलमा ४ र्चाका २ छक्का प्रहार गरे । त्यस्तै सन्तोष यादवले २६ रन जोडे । काठमान्डुका बेन चार्ल्सवर्थले ३२ रन बनाउँदा गेहार्ड रसमसले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विराटनगरका लागि मर्चान्ट डी ल्याङले दुई विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछाने, शुभम रान्जाने र सूर्य तामाङले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै विराटनगर लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यता काठमान्डु पनि तेस्रो खेल खेलिरहँदा दोस्रो जितको खोजीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण