बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल मंसिर १० गतेको बार, तिथि, नक्षत्र र योगको जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा विभिन्न ग्रहको प्रभावबारे बताइएको छ।
- शुभ र अशुभ समयका बारेमा जानकारी दिइएको छ, जसमा राहुकाल र ब्रहा मुहूर्तको विवरण समावेश छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल मंसिर १० गते । बुधबार । इस्वी सन् २०२५ नोभेम्बर २६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–षष्ठी, ३२ घडी ३८ पला, बेलुकी ७ बजेर ३७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–श्रवण, ३९ घडी २२ पला, बेलुकी १० बजेर १९ मिनेट उप्रान्त धनिष्ठा । योग–वृद्धि, १० घडी ४४ पला, बिहान १० बजेर ५२ मिनेट उप्रान्त ध्रुव । करण–कौलव, बिहान ७ बजेर ३१ मिनेट उप्रान्त तैतिल, बेलुकी ७ बजेर ३७ मिनेट उप्रान्त गर । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मकर ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी २१ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
- बिहान ६ बजेर ३४ मिनेटदेखि बिहान ७ बजेर ५३ मिनेटसम्म अमृत बेला ।
- बिहान ७ बजेर ५४ मिनेटदेखि बिहान ९ बजेर १२ मिनेटसम्म काल बेला ।
- बिहान ९ बजेर १३ मिनेटदेखि बिहान १० बजेर ३१ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर ३२ मिनेटदेखि बिहान ११ बजेर ५० मिनेटसम्म रोग बेला ।
- बिहान ११ बजेर ५१ मिनेटदेखि दिउसो १ बजेर १० मिनेटसम्म उद्वेग बेला ।
- दिउसो १ बजेर १० मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म चर बेला ।
- दिउसो २ बजेर ३० मिनेटदेखि बेलुकी ३ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
- दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ११ बजेर ५० मिनेटदेखि दिउसो १ बजेर ९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट :राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५६ मिनेटदेखि बिहान ५ बजेर ४४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ । यात्रा, खेलकुद, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेको छ । आत्मविश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ । पराक्रमी क्रियाकलापमा समय व्यतीत हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसायमा लगानी गरे पनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक संकटको सामना गर्नुपर्ला । आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ । नचाहँदा नचाहँदै तपाईँको बोलिले अरूको मन दुख्नेछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरू घट्न सक्छ । तर पनि अध्ययनमा मन जानेछ । खेलकुद तथा पराक्रमी कामबाट नतिजा हात पार्न सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्तसँग रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खेल क्षेत्रसँग सम्बन्धित खेलाडी, पत्रकार तथा व्यापारीहरूका लागी समय उत्तम रहेको छ ।
- सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप मन जानेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समय मध्यमय रहेकोले जनताको समर्थन पाइने छैन । घर जग्गा तथा सवारी साधन सम्बन्धी लफडा पर्न सक्छ । आफन्त तथा आमासँग मनमुटाब बढ्ने वा घरबाट टाढा जानु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तर पनि अध्ययनबाट नतिजा हात पार्न सकिनेछ । खेल क्षेत्रसँग सम्बन्धित खेलाडी, पत्रकार तथा व्यापारीहरूका लागी समय उत्तम रहेको छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आट साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । उद्योग, शेयर बजार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ । खेलाडी तथा समर्थकका लागी समय राम्रो रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ । खेलाडी तथा पराक्रमी क्रियाकलाप भाग लिई उत्कृष्ट नतिजा हात पार्न सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरीमा सहकर्मीहरूलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । खेलाडी तथा खेल क्षेत्रमा मान गर्ने व्यक्तिहरूका लागी समय राम्रो रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । तर पनि यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । खेलाडी तथा खेल क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय शुभ रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । खेलाडी तथा खेल क्षेत्रका काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण