जसपा नेपाल रुपन्देहीले २८ बुँदे मागसहित प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति, रुपन्देहीले विभिन्न २८ बुँदे मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष सियाराम यादवको नेतृत्वमा बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाइएको हो ।
संविधान संशोधन, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने, जेनजी युवा पुस्ताले आन्दोलनका दौरान उठाएका माग र मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
त्यस्तै विगतका आन्दोलनको बेला गठन गरिएका न्यायिक छानबिन आयोगहरूको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, किसानहरूलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउनुपर्ने, सिँचाई, मल खाद, बिउ बिजन, किटनाशक औषधि र कृषि बजारको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाउने बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण