आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हङकङको ताई पोमा १७ वर्षपछिको भीषण आगलागी

बुधबार, १० मङ्सिर २०८२, १७ : ४४
बुधबार, १० मङ्सिर २०८२

हङकङ । हङकङमा बुधबार ताई पो क्षेत्रमा भीषण आगलागी भएको छ, जसलाई अधिकारीहरूले ग्रेड ४ बाट ग्रेड ५ मा स्तरोन्नति गरेका छन् । यो विगत १७ वर्षमा हङकङमा लागेको पहिलो ग्रेड ५ स्तरको आगलागी हो ।

स्थानीय समय अनुसार १८ बजेर २२ मिनेटमा आगलागी भएको समाचाहरूमा जनाइएको छ । 

यसअघि सन् २००८ मा मोङ ककको व्यापारिक जिल्लामा रहेको कर्नवाल कोर्टमा ग्रेड ५ को आगलागी भएको थियो। साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार सन् १९६२ मा निर्मित उक्त व्यापारिक भवनमा भएको आगलागीमा चार जनाको मृत्यु भएको थियो । 

त्यसयता हङकङमा यति ठुलो स्तरको आगलागी भएको थिएन । ताई पो आगलागीको थप विवरण आउन बाँकी छ र अधिकारीहरूले घटनास्थलमा नियन्त्रणको प्रयास जारी राखेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप