बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ
सारांश
- बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन, संरचना बनेर पनि प्रयोगमा छैनन्।
- जनशक्ति र उपकरण अभावका कारण सेन्टर सञ्चालनमा समस्या भएको छ।
- स्थानीय र संघीय सरकारको लगानीमा भवन बने पनि एक्सरे र विशेषज्ञ चिकित्सकको अभाव छ।
दशरथचन्द । बैतडीस्थित ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका–८ खोड्पेस्थित ट्रमा सेन्टरका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन् ।
जनशक्ति र उपकरण अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो ।
“भौतिक संरचना निर्माण गरिए पनि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा सञ्चालनमा आउन सकेको छैन । नगरपालिका आफैँले छुट्टै जनशक्ति भर्ना र उपकरण खरिद गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन”, महराले भने, “प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेका छौँ ।”
स्थानीय तहको १० लाख र सङ्घीय सरकारको ५० लाख रुपैयाँ गरी जम्मा ६० लाख रुपैयाँ संयुक्त लगानीमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको हो । २०७९ सालमा भवन निर्माण भएको थियो ।
‘स्पाइनल ब्यागबोर्ड’, ‘एइडी मेसिन’, ‘अक्सिजन कन्सन्ट्रेटर’, ‘प्यासेन्ट मोनिटर’ र १५ ओटा ‘बेडसिट’ ट्रमा सेन्टरमा छन् । एक वर्षअघि खानेपानी र विद्युत् जडान भइसकेको छ । एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नसके सञ्चालनमा ल्याउन सकिने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण