‘कांग्रेस नेता प्रधान नभई नीति प्रधान पार्टी हो’
सारांश
- किशोरसिंह राठौरले कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताए ।
- उनले नीतिलाई गौण बनाउने प्रयास भइरहेको र यसले समस्या निम्त्याउने बताए ।
- कांग्रेस नेताको नभई विचार, सिद्धान्त र आस्थाको सङ्गठन भएको उनको भनाइ छ ।
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेता प्रधान नभई नीति प्रधान पार्टी भएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको बिहीबार काठमाडौँमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले पछिल्लो समयमा नीति, सिद्धान्तलाई गौण बनाएर म भए मात्र कांग्रेस बच्छ, म नभए कांग्रेस सिद्धिन्छ भन्ने भाष्य सृजना गरेर केही व्यक्तिले नीति प्रधान कांग्रेसलाई नेता प्रधान बनाउने दुष्प्रयास गरेको बताए । नीतिलाई प्रधान मानेर हिँड्न सबै तयार भए मात्र कांग्रेसले एकढिक्का भएर सबैखाले समस्याको समाधान दिन सक्ने उनले बताए ।
नेता राठौरले बिपी कोइराला, सुवर्णशम्शेर राणा र कृष्णप्रसाद भट्टराईहरूले स्थापना गरेको पार्टीमा उहाँहरूपछि पनि थुप्रै नेता आएको, गएको र त्यो क्रम चलिरहेको बताउँदै कांग्रेस कुनै एक नेताको पार्टी नभई विचार, सिद्धान्त, निष्ठा र आस्थाको सङ्गठन भएको बताए।a
कांग्रेसमा नेताहरू अस्थायी र नीति तथा विचार स्थायी रूपमा रहेको र देशका तमाम मजदुर, किसान, महिलासहितका विभिन्न वर्ग र क्षेत्रका मानिसहरूको साझा घर भएको उनको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण