बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

शुक्रबार, १२ मङ्सिर २०८२, ०७ : १५
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • मकवानपुरको हेटौँडामा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भयो।
  • दुर्घटनामा घाइते डोमको उपचारको क्रममा अस्पतालमा मृत्यु भयो।
  • प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएकाे छ ।

पशुपतिनगरबाट हेटाैँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्यु भयो, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भयो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप