गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
सारांश
- ताप्लेजुङमा भएको फुटबल प्रतियोगितामा गणेशचोक क्लबले उपाधि जित्यो।
- विजेताले तीन लाखभन्दा बढीको अलैँची पुरस्कार पाए, उपविजेताले पनि पुरस्कार पाए।
- प्रतियोगितामा १ सय ३१ केजी अलैँची पुरस्कारको रूपमा दिइयो।
ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार उपलब्ध गराएको छ । बिहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गणेशचोक क्लबले सो पुरस्कार हात पार्न सफल भएको हो ।
आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक विजेता टिम गणेशचोकले नगद रु तीन लाख दुई हजार ८२ बराबरको तीन मन ११ किलोग्राम अलैँचीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन ४० किलोग्रामको रु ९२ हजार थियो । सोही भाउअनुसार घोषित नगद पुरस्कारबराबरको अलैँची तौलिएर प्रदान गरिएका हो ।
त्यसैगरी, उपविजेता तोक्पेगोला युथ क्लबलाई समेत रु एक लाख ५० हजार ८२ बराबरको अलैँची प्रदान गरिएको छ । तोक्पेगोलालाई करिब ६५ किलोग्राम अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको साँवाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण