ओलीको ‘तिम्रा माताजीलाई नमस्ते’मा प्रियंका र आर्यनको अभिनय
शनिबार, १३ मङ्सिर २०८२, १० : ०६
सारांश
- लोकप्रिय गायक सरोज ओली करिब ४ वर्षपछि गायनमा फर्किएका छन्।
- उनको स्वर रहेको नयाँ गीत 'तिम्रा माताजी लाई नमस्ते' सार्वजनिक भएको छ।
- गीतको भिडियोमा आर्यन सिग्देल, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । ‘माछीले खाने खोलीको लेउ’, ‘जता जता पिरतीको बाटो’ ‘ए है माया’, ‘माया गरौला’ लगायतका सुपरहिट गीतका गायक सरोज ओली पुनः गायनमा फर्किएका छन् । उनी करिव ४ वर्षपछि गायनमा फर्किएका हुन् ।
उनको स्वर रहेको नयाँ गीत ‘तिम्रा माताजी लाई नमस्ते’ सार्वजनिक भएको छ । सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भूमि त्रिदेवीले फिमेल आवाजमा साथ दिएकी छिन् ।
किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादे र गायक ओलीको पनि अभिनय छ ।
ठुलो सेटमा डान्सिंङ विटमा तयार पारिएको भिडियोले दर्शकको मन जित्ने देखिन्छ। पवन सुस्लिङ्गले गीतको भिडियोको छायाङ्कन तथा सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण