बैतडी कारागारका ५९ जना बन्दीलाई स्थानान्तरण गरियो
सारांश
- बैतडी कारागारबाट ५९ जना कैदीबन्दीलाई अन्यत्र सारियो।
- जीर्ण भवन मर्मतका लागि कैदीबन्दीलाई अन्यत्र सारिएको हो।
- नयाँ बन्दीगृह निर्माणका लागि १० करोड बजेट विनियोजन गरियो।
बैतडी । बैतडी कारागारमा रहेका कैदी र थुनुवालाई स्थानान्तरण गरिएकाे छ । जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ निर्माण गरिने भएकाले यहाँ रहेका कैदी र थुनुवालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएकाे हाे ।
कूल ५३ जना कैदी र छजना थुनुवालाई डडेलधुरा, दार्चुला, बझाङ र बाँकेका कारागारमा स्थानान्तरण गरियो । कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिए ।
दार्चुला कारागारमा ६ थुनुवा र ३ जना कैदी, बझाङ ९ जना कैदी, डडेल्धुरा १४ जना कैदी र बाँकेको नौबस्ता कारागारमा २७ जना कैदीलाई स्थानान्तरण गरिएकाे छ । कूल २५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा ५९ जना कैदीबन्दी रहेका थिए । ८५ क्षमताको नयाँ बन्दीगृह निर्माण गरिने कारागार बैतडीले जनाएको छ ।
“सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय डोटी र निर्माण कम्पनीबीच सम्झौता भैसकेको छ”, उनले भने, “कार्यादेशसमेत आइसकेको छ । अबको एक/दुई दिनभित्र काम सुरु हुन्छ ।”
बन्दीगृह निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरिएकाे छ । केकेजे कालिका एस बी जेभी सुकेधाराले बन्दीगृह निर्माणको काम गर्ने जनाइएकाे छ । सो कम्पनीसँग रु ७ करोड ९७ लाख ७१ हजार ४१९ मा सम्झौता भएकाे सघन सहकरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले जनाएको छ ।
विसं २०८४ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएकाे छ । नयाँ बन्दीगृह निर्माण भएपछि कैदीबन्दीको व्यवस्थापनमा सहजता आउने विश्वास गरिएकाे कारागार प्रमुख भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण