बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

म्याग्दीबाट ‘रोल नंं. १’ को छायांकन सुरु

सोमबार, १५ मङ्सिर २०८२, १६ : ०४
सोमबार, १५ मङ्सिर २०८२

काठमाडौँ । फिल्म ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ ।

फिल्मको छायांकन सोमबारबाट म्याग्दीदेखि सुरु भएको हो । निर्माण युनिटले कलाकारसँग दुई हप्ताको वर्कसपपछि फिल्म छायांकनमा निस्किएको हो । 

फिल्म छायांकनका लागि डेढ महिनाको सेड्युल बताइएको निर्माता विनोद पौडेल बताए । ‘हामीले वर्कसपसहित राम्रो तयारी गरेर निस्किएकोले फिल्म डेढ महिनामा सकिन्छ होला,’ निर्माता पौडेलले भने, ‘मौसम र कलाकारमा केही गडबड भयो भने केही दिन लम्बिन पनि सक्छ ।’ 

फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, सुन्दर धिताल र निर्भीक रेग्मी लगायको मुख्य भूमिका रहनेछ । जोन योञ्जनले निर्देशन गर्ने फिल्मको कथा पनि निर्देशक योञ्जनकै हो । 

‘रोल नंं. १’ भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताए । सबैलाई जित्नैपर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम नै विद्वान् हो, अरू मूर्ख हुन् भन्ने कथा यो फिल्ममा छ । 

महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहनेछ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन् । 

निर्माता पौडेलको पछिल्लो फिल्म ‘अभिमन्युः च्याप्टर–१’ यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप