मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

जनकपुरधाममा मिनापको नाटक घर उद्घाटन, ३ सय दर्शक क्षमता

सोमबार, १५ मङ्सिर २०८२, २१ : ३५
सोमबार, १५ मङ्सिर २०८२

जनकपुरधाम । मैथिली रंगमञ्चको क्षेत्रमा विगत चार दशकदेखि क्रियाशील संस्था मिथिला नाट्य कला परिषद् (मिनाप)को नवनिर्मित नाटक घर सोमबार उद्घाटन गरिएको छ ।

मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमल र प्रसिद्ध नाटककार महेन्द्र मलंगियाले संयुक्त रूपमा नाटक घरको उद्घाटन गरेका हुन् । 

जनकपुरधाम–४ मा करिब २ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको नाटक घरमा ३ सय दर्शक क्षमता रहेको मिनापका अध्यक्ष प्रमेश झाले जानकारी दिए । दैनिक रूपमा नाटक मञ्चन गर्ने उद्देश्यसहित संरचना तयार गरिएको र यसले मैथिली नाटक क्षेत्रको विकासमा टेवा पुग्ने उनले बताए । 

उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरूले नाटक घर सञ्चालनले कलाकारको जीविकोपार्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नाटक घर निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । साथै महेन्द्र मलंगियाद्वारा लिखित नाटक ‘छुतहा घैल’ प्रमेश झाको निर्देशनमा मिनापका कलाकारहरूले मञ्चन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप