अपडेट
सर्वोच्चको परमादेश पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आइसकेको छ : उपसभामुख राउत
मङ्गलबार, १६ मङ्सिर २०८२, १० : ३६
सारांश
- मधेस प्रदेशसभाकी उपसभामुख बबिता राउतले मुख्यमन्त्री नियुक्तिबारे सर्वोच्चको परमादेश पत्र आएको जानकारी दिइन्।
- सर्वोच्च अदालतले मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ।
- मुख्यमन्त्री कार्यालयको पत्र प्राप्त हुनासाथ प्रदेशसभा बैठक बोलाउने तयारी रहेको उपसभामुखले बताइन्।
जनकपुरधाम । मधेस प्रदेशसभाका उपसभामुख बबिता राउतले मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्चले जारी गरेको परमादेशको पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आइसकेको बताएकी छन् ।
उपसभामुख राउतले मुख्यमन्त्रीलाई २४ घण्टा भित्र विश्वासको मत लिन जारी गरेको परमादेशको पत्र सोमबार राति साढे ८ बजे प्रदेशसभा सचिवालयमा आई सकेको बताइन् । उपसभामुख राउतले भनिन् ‘प्रदेशसभा सचिवालयमा सर्वोच्चको पत्र आई सकेको छ, मुख्यमन्त्री कार्यालयको पत्रको प्रतीक्षामा हामी छौँ ।’
मुख्यमन्त्री कार्यालयबाट जति सक्दो चाँडै पत्र प्राप्त भए आफूहरू त्यही अनुसार प्रदेशसभा बैठक डाक्न तयार रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
-
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
-
सम्पत्ति विवरण बुझाउने ९ हजार ६ सय पुगे, विरोध गर्नेले पनि बुझाए
-
स्ट्रेट अफ हर्मुजमा जहाज सञ्चालनमा केही समय लाग्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दा 'हेर्दाहेर्दै' मा राखियो
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण