एकान्तकुनामा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
काठमाडौँ । ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा पिकअपले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । गए राति यातायात कार्यालय अगाडी एकान्तकुनाबाट सातदोबाटो जाँदै गरेको प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको पिक अपले बाटो काट्दै गरेकी करिब ४० वर्षीया महिलालाई ठक्कर दिएको हो ।
दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । पिकअपले पैदल यात्रीलाई ठक्कर दिएपछि पैदल यात्री विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३१ च ४०४२ नम्बरको निजी कारमा ठोक्किन पुगिन् ।
पैदल यात्रुलाई ठक्कर दिएपछि रोकिएको पिकअपको पछाडिबाट दुई वटा मोटरसाइकल ठोक्किएको छ । ना.५७ प ३९२१ नम्बरको मोटरसाइकल र प्रदेश–२–०२–००४ प ७२४६ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको एसपी सुवेदीले बताए । ३९२१ नम्बरको मोटरसाइकल चालक रौतहटको इशनाथ नगरपालिका–३ घर भएका अनुराग प्रसाद कुशुहवा घाइते भएका छन् ।
पिकअप चालक सिन्धुलीको सुनकोसी गाउँपालिका–६ घर भएका १९ वर्षीय हेमराज विक, कार चालक २८ वर्षीय सुशान्त महर्जन र ७२४६ नम्बरको मोसा चालक धनुषा घर भएका १९ वर्षीय सुमित शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण