महाधिवेशनमार्फत सिङ्गो पार्टी नेतृत्व निर्माणमा एक भएर जानेछ: महासचिव पोखरेल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व निर्माणमा सिङ्गो पार्टी एक भएर जाने बताएका छन् ।
अखिल नेपाल महिला सङ्घले महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज (बुधबार) यहाँ आयोजित कार्यक्रममा उनले पार्टी र नेतृत्वप्रति प्रहार भएको अवस्थामा एकताबद्ध भएर जानुको विकल्प नभएको बताए ।
“हाम्रो पार्टीले प्रतिस्पर्धामा निषेध गर्दैन । म प्रतिस्पर्धा गर्छु भन्नेका लागि पार्टीले सधैँ ढोका खुला राखेको छ”, महासचिव पोखरेलले भने, “हामी एकतामा जोड दिन्छौँ । प्रतिस्पर्धा गर्न आउनेलाई ढोका खुला राख्छौँ ।”
उनले पार्टीको नीति निर्माणका सन्दर्भमा पहिले नै सम्पन्न गरिसकेकाले नेतृत्व निर्माणको महाधिवेशनका रूपमा लैजाने बताउँदै घरघरमा पुगेर हिंसाविरुद्धको अभियान सञ्चालन गर्नुपर्ने बताए ।
अनेम सङ्घका अध्यक्ष टुका हमालले महिला हिंसाविरुद्धको १६ दिने अभियान मात्र नभएर अरू बेला पनि आफूहरूले महिला हिंसाविरुद्ध काम गरिरहेको बताइन् । उनले हाल धेरै महिला प्रविधिको प्रयोगबाट हिंसामा परेको भन्दै त्यसको सही प्रयोग गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
-
पोखराको पर्यटन प्रवर्द्धन गरिँदै
-
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड, १२ जनाको मृत्यु
-
सिराहाको परीक्षामा भेटिएका मोबाइल र डाटा नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा
-
‘बजेट अस्वाभाविक रूपमा ठुलो आकारको आयो, स्रोत जुट्ने अवस्था देखिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण