स्वास्थ्य सम्बद्ध सङ्घसंस्थाका पदाधिकारीहरूलाई अनिवार्य समावेश गर्न माग
सारांश
- कैलालीमा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ का कतिपय प्रावधानहरूमा त्रुटि रहेको भन्दै स्वास्थ्य क्षेत्रका विभिन्न पेसागत संघसंस्थाहरूले आपत्ति जनाएका छन् ।
- स्वास्थ्य संघसंस्थाहरूले विश्वविद्यालयको सभा (सिनेट) को २५ सदस्यीय सभामा स्वास्थ्य क्षेत्रका ८ जना मात्र समेटिएकोमा अध्यक्ष तथा पदाधिकारीहरूलाई अनिवार्य समावेश गर्न माग गरेका छन् ।
- उपकुलपति र डिनको योग्यतामा पिएचडी जस्ता सर्त हटाएर न्यूनतम स्नातकोत्तर तह वा सोभन्दा माथिको उपाधि हासिल गरेको प्राध्यापक हुनुपर्ने प्रावधान राख्न माग गरिएको छ ।
काठमाडौँ । कैलालीमा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ का कतिपय प्रावधानहरूमा त्रुटि रहेको भन्दै स्वास्थ्य क्षेत्रका विभिन्न पेसागत संघसंस्थाहरूले आपत्ति जनाएका छन् ।
उनीहरुले विश्वविद्यालयको सभा (सिनेट) को संरचनात्मक पुनर्गठन गर्न माग गरेका छन् । हालको व्यवस्था अनुसार २५ सदस्यीय सभामा स्वास्थ्य क्षेत्रका ८ जना मात्र समेटिएकोमा नेपाल मेडिकल एसोसिएसन, नेपाल डेन्टल एसोसिएसन, नेपाल नर्सिङ एसोसिएसन लगायतका स्वास्थ्य सम्बद्ध सङ्घसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरूलाई अनिवार्य समावेश गर्न माग गरिएको छ ।
ऐनमा भएका कमजोरीका कारण देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयको गरिमामा आँच आउन सक्ने भन्दै उनीहरूले तत्काल कानुनी सुधारको माग गरेका छन् ।
यसका साथै ऐनको दफा २४ र ३० मा उल्लेखित उपकुलपति र डिनको योग्यतामा पिएचडी, डी.एम, एम.सी.एच.जस्ता सर्त हटाई न्यूनतम स्नातकोत्तर तह वा सोभन्दा माथिको उपाधि हासिल गरेको प्राध्यापक हुनुपर्ने प्रावधान राख्न माग गरिएको छ । त्यस्तै, पदपूर्ति समिति र सिफारिस समितिको संयोजक अनिवार्य रूपमा स्वास्थ्य क्षेत्रकै विज्ञ हुनुपर्ने अडान उनीहरूको छ ।
स्वास्थ्य क्षेत्रका अगुवा संस्थाहरूले शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा गत जेठ ७ गते प्रकाशित उपकुलपति र रजिष्ट्रार नियुक्तिको सूचनाको सम्पूर्ण कामकाज तत्काल रद्द गर्न माग गरेका छन् ।
ती प्रक्रियाहरू रोकेर स्वास्थ्य क्षेत्रका विज्ञको संयोजकत्वमा सिफारिस समिति पुनर्गठन गर्न उनीहरूले ध्यानाकर्षण गराएको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण