‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह
आइतबार, २१ मङ्सिर २०८२, २२ : १०
काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी परिचयपत्र लिन छुटेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफैँ उपस्थित भएर आवश्यक विवरण पेस गरी प्रक्रियामा आउने अनुरोध गरेको हो । मन्त्रालयले हालसम्म ५३६ जना घाइतेले परिचयपत्र बनाइसकेको पनि जनाएको छ ।
हाल जिल्ला प्रशासन कार्यालयबाट धमाधम घाइतेहरूको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा विवरण पठाइरहेको पनि जनाइएको छ ।
यसैबीच काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रवक्ता मुक्तिराम रिजालले कार्यालयबाट कुल १६९ जना घाइतेको वर्गीकरण गएिको जानकारी दिएका छन् । तीमध्ये अति गम्भीर घाइते १५, गम्भीर घाइते ५१, मध्यम घाइते ३६ र सामान्य घाइतेमा ६७ जना रहेका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण