अपडेट
भन्सार विभाग र एजेन्टहरूबिचको वार्ता निष्कर्षविहीन, भोलि पनि भन्सार नखुल्ने
मङ्गलबार, २३ मङ्सिर २०८२, १९ : ३६
काठमाडौँ । भन्सार विभाग र एजेन्टहरूबिचको वार्ता निष्कर्षविहीन भएको छ । विभिन्न माग राखेर आजदेखि सबै भन्सार कार्यालयको भन्सार जाँच पास प्रक्रिया ठप्प पारेको महासङ्घसँग विभागका पदाधिकारीहरूले दिउँसो ३ बजे वार्ता गरेका थिए ।
महासङ्घले भन्सार ऐन २०८२ मा भएको प्रावधान र उत्पन्न समस्या र भन्सार नियमावलीमा समेट्न सकिने विषय वस्तु तथा अन्य समस्या समाधानका सम्बन्धमा छलफल भएको थियो । छलफल सकारात्मक ढङ्गले अघि बढेको जनाइएको छ ।
भोलि पुनः छलफल गर्ने गरी आजको बैठक टुङ्गिएको भन्सार स्रोतले जनाएको छ । विभागका पदाधिकारीहरूले भन्सार घोषणालाई निरन्तरता दिँदै वार्तामा बस्न माग गरे पनि महासङ्घले त्यसलाई अस्वीकार गरेको छ ।
भोलि पनि भन्सार कुनै पनि भन्सार एजेन्टले भन्सार मूल्य घोषणा नगर्ने महासङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण