नेवारी सडक खाना महोत्सव तथा योःमरी उत्सव सुरु
सारांश
- तुलसीपुरमा नेवारी सडक खाना तथा योःमरी उत्सव सुरु भएको छ।
- महोत्सव नेवारी खानाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो, जुन २९ गतेसम्म चल्नेछ।
- महोत्सवमा विभिन्न नेवारी परिकारहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्।
दाङ। यहाँको तुलसीपुरमा नेवारी सडक खाना तथा योःमरी उत्सव सुरु भएको छ ।
नेवारी खानाको प्रवर्द्धन गर्ने उद्देश्यले नेवा देय दवु तुलसीपुर र ‘नेवाः मिसा दवु’ को आयोजनामा आज (मंगलबार) देखि सुरु भएको महोत्सव यही मङ्सिर २९ सम्म सञ्चालन हुनेछ ।
तुलसीपुर उपमहानगरपालिकाको गेट नजिकै सडकमा सुरु भएको महोत्सवमा विभिन्न नेवारी परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । महोत्सव दिउँसो ३ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवमा सम्य बजि सेट, यःमरी९चाकु०, यःमरी खोवा, सेलरोटी, अण्डा बारा, जुम्ली झर, छोयला (बफ), छोयला (चिकन), चुकौनी, बोडी फ्राइ, आलु फ्राइ, आलुवोडी तामा, अण्डा फ्राइ, वासालगायत परिकार राखिएका छन् ।
महोत्सव शुभारम्भ कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले कला संस्कृति र परिकार संरक्षणमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुग्ने बताए।
यहाँ गत वर्षदेखि महोत्सव गर्न थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण