नवलपरासी–२ः कांग्रेसबाट कँडेलको नाम एकल सिफारिस
बिहीबार, २५ मङ्सिर २०८२, १६ : ३८
बुटवल । नवलपरासी क्षेत्र नम्बर २ ले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र राज कँडेलको एकल नाम सिफारिस गरेको छ ।
समानुपातिक जिल्ला उपसभापति विक्रम यादव र महिलातर्फ सुनिता श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सभापति माधव पाण्डेले बताए । राष्ट्रिय सभा सदस्यतर्फ पार्टी सभापति अर्जुनकुमार पोखरेल र चन्दा चौधरीको नाम सिफारिस गरेको छ ।
कँडेल पूर्वगृहराज्यमन्त्री समेत हुन् ।
प्रतिनिधि सभा क्षेत्रीय समितिले सिफारिस गरेका नाम जिल्लामा पठाइने छ । त्यसरी पठाइएका नाममा जिल्लाले राय लेखेर मंसिर २६ भित्र प्रदेश समितिमा र प्रदेश समितिले मसान्तभित्र केन्द्रमा पठाउनुपर्ने परिपत्रमा उल्लेख छ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ र राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते तोकिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण