कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल मंसिर २६ गतेको बार, तिथि, नक्षत्र, योग र करणसहितको विवरण प्रस्तुत गरिएको छ।
- विभिन्न बार बेलाहरूको समय तालिका र राहुकाल तथा ब्रहा मुहूर्तको जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिको लागि दैनिक राशिफलको भविष्यवाणी गरिएको छ, जसमा आर्थिक, सामाजिक र व्यक्तिगत जीवनका पक्षहरू समेटिएका छन्।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल मंसिर २६ गते । शुक्रबार । इस्वी सन् २०२५ डिसेम्बर १२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–अष्टमी, ३० घडी ४४ पला, बेलुकी ७ बजेर ४ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्वाफाल्गुनी, ५ घडी ११ पला, बिहान ८ बजेर ५१ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–प्रिती, २३ घडी ४० पला, बेलुकी ४ बजेर १४ मिनेट उप्रान्त आयुष्मान । करण– बालव, बिहान ६ बजेर ५६ मिनेट उप्रान्त कौलव, बेलुकी ७ बजेर ४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–सिंह, दिउँसाे३ बजेर ३ मिनेट उप्रान्त कन्या ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ७ मिनेट । दिनमान २५घडी ५४ पला ।
दिन विशेष : अष्टमी व्रत । गोरखकाली पूजा ।
आजको बार बेला ।
- बिहान ६ बजेर ४६ मिनेटसम्म चर बेला ।
- बिहान ६ बजेर ४७ मिनेटदेखि बिहान ८ बजेर ४ मिनेटसम्म लाभ बेला ।
- बिहान ८ बजेर ४ मिनेटदेखि बिहान ९ बजेर २२ मिनेटसम्म अमृत बेला ।
- बिहान ९ बजेर २२ मिनेटदेखि बिहान १० बजेर ३९ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर ४० मिनेटदेखि बिहान ११ बजेर ५७ मिनेटसम्म शुभ बेला ।
- बिहान ११ बजेर ५८ मिनेटदेखि दिउँसाे१ बजेर १५ मिनेटसम्म रोग बेला ।
- दिउँसाे १ बजेर १५ मिनेटदेखि दिउँसाे२ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसाे २ बजेर ३३ मिनेटदेखि बेलुकी ३ बजेर ५० मिनेटसम्म चर बेला ।
- दिउँसाे ३ बजेर ५१ मिनेटदेखि बेलुकी ६ बजेर ५० मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर ३९ मिनेटदेखि बिहान ११ बजेर ५७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर ८ मिनेटदेखि बिहान ५ बजेर ५६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा प्रशस्त फाइदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । औद्योगिक क्षेत्र तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ । स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारको रूपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः सुचारु हुनेछ । साँझपख अध्ययनमा वाधा हुने तथा तथा यात्रा गर्दा ध्यान दिनुहोला ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ भने जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा नतिजा हात पार्न राम्रै मेहनत गर्नुपर्नेछ । साँझपख समय राम्रो रहेकोले व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । उपहार तथा नसोचेको धन सम्पत्ति हात लागी हुने योग रहेको छ । यात्रा तथा खानपानमा समय व्यातित हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङकन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । व्यापार र औद्योगिक क्षेत्रमा राम्रै फड्को मार्न सकिने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । साँझपख समय राम्रो रहेकोले यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । अध्ययनमा मन जाने तथा प्रतिस्पर्धामा तपाईँको जित निश्चित रहेको छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । साँझपख लामो दुरीको यात्राको योग रहेको छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी बढाइँ प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिक करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाइ लेखाइमा सहपाठीहरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । खेलकुद तथा मनोरञ्जनको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य बिग्रनाले औषधी उपचार खर्च बढ्नेछ । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको सिकारले नैराश्य बढाउनेछ । जग्गाजमिनको कारोबारले आर्थिक मन्दी हटाउन गाह्रो पर्नेछ । अनावश्यक खर्च बढ्ने तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ । साँझपख धार्मिक यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । इष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगति हुनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यायिक निर्णयहरू आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी फाइदा गर्न सकिनेछ । पुराना थाती रहेका कामहरू सम्पादन हुनेछन् । साँझपख अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण