दाङको होटलमा लुकाएको पेस्तोल पड्कियो, एक जना घाइते
शनिबार, २७ मङ्सिर २०८२, १५ : ०६
बुटवल । दाङको लमहीमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
शनिबार बिहान पौने ११ बजेतिर सो होटलको कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखिएको भनिएको पेस्तोल अचानक पड्किँदा गौतमको औँलामा चोट लागेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पेस्तोल कसले लुकाएर राखेको हो भन्ने खुलेको छैन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ । यसअघि पनि दाङको लमहीस्थित एक सुनचाँदी पसलमा गोली चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण